लागुऔषध सहित भानुकी कमला गन्धर्व पक्राउ

दमौली : तनहुँकाे भानु नगरपालिका-१ गन्धर्वटाेलबाट लागुऔषध सहित पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गन्धर्वटाेल बस्ने २९ वर्षीया कमला गन्धर्व लागुऔषध सहित पक्राउ रहेका छन् ।

इलाका प्रहरी कार्यालय भानु र प्रहरी चाैकी भन्सारकाे संयुक्त टाेलीले गन्धर्वलाई साेमबार दिउँसाे पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

अबैध रुपमा प्रतिबन्धित औषधीको कारोबार गरिरहेकी छन् भन्ने सूचनाकाे आधारमा प्रहरीले निजको घरकोठा तलासी लिदा निजको कोठाबाट लागु औषध ट्रामाडाेल हाइड्राेक्लाेराइड ३०० थान बरामद गरेकाे छ ।

गन्धर्वलाई आवश्यक कारवाहीका लागि मंगलवार औषधी व्यवस्था बिभाग बिजुलीबजार पठाइएकाे तनहुँ प्[प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?