आँबुखैरेनी गाउँपालिकामा एष्ट्राजेनेका दोस्रो मात्राको खोप लगाइने

तनहुँ : आँबुखैरेनी गाउँपालिकामा कात्तिक २३ गते एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत भदौमा पहिलो डोज लगाएका समूहलाई लक्षित गरि दोस्रो डोजको खोप लगाउन लागिएको हो ।

गाउँपालिकामा  १८ वर्षमाथिका ५ सय ७४ जना नागरिकलाई एस्ट्राजेनेकाको पहिलो डोज खोप लगाईएको थियो । गाउँपालिकाको ४ वटा खोप केन्द्र मार्फत उनीहरुलाई खोप लगाईएको हो।

उक्त खोप  गाउँपालिकाका भित्र रहेका स्वास्थ्य चौकी आँबुखैरेनी, आधारभुत स्वास्थ्य केन्द्र सत्रसय, तिलबारी र भाँगेबाट स्थानीय नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाईएको थियो।पहिलो डोज लगाएका व्यक्तिहरुले पहिले खोप लगाएको स्वास्थ्य संस्थामा गएर लगाउन सक्ने गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जनाकारी दिएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?