लागुऔषध सहित बेनिटारबाट तीन भारतीय पक्राउ

दमौली  : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट लागुऔषध सहित तीन भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला पुर्वी चम्पारण घर बताउने १८ वर्षीय क्यामुदिन अन्सारी, भारतको मोतिहारी जिल्ला कटहनौनापुर ग्राम पन्चायत घर बताउने ६० वर्षीय मुस्ताफा खातुन र सोही ठाउँका १८ वर्षीय निराले आलम रहेका छन् ।

मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग १ ख ९६८४ नमबरको यात्रुवाहक बस जाँच गर्ने क्रममा प्रहरीले बुधबार तीन भारतीय नागरिकलाई लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रहरीले निजहरुको साथबाट दुई सय १९ थान अवैध लागुऔषध बरामद गरेको छ ।

पक्राउ परेका विरुद्ध लागुऔषध मुद्धामा दश दिनको म्याद थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?