दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा विष्फोटक पदार्थ पटाका सहित शुक्रबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी साम्सी गाउँपालिका–७ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २२ वर्षीय नजाव नदाफ रहेको छ ।
जनकपुरदेखि पोखरातर्फ जाँदै गरेको ना ५ ख ६६२१ नम्बरको बस जाँच गर्ने क्रममा प्रहरीले एक सय ९० प्याकेट (पाँच हजार तीन सय २० थान) विस्फोटक पदार्थ पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
बसको क्याविनमा चालक सिट नजिकै राखिएको अवस्थामा चाउचाउको प्याकेटले छोपेर ल्याइएको पटाका नदाफको रहेको पुष्टि भएपछि निजलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक खाँणले बताए ।
उनीविरुद्ध शुक्रबार नै विष्फोटक पदार्थ सम्बन्धी कसुरमा तनहुँ अदालतबाट दश दिनको म्याद थप गरिएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?