नवलपुर : नवलपुरको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । नाम वतन खुलिसकेको छैन ।
आज बिहान साढे ११ बजे देवचुली नगरपालिका मुण्डेस्थित गोरे घुम्ति, एस मोडमा ग १ ज ३२७० नम्बरको जिप सडक छेउको घरमा ठोक्किएर पल्टिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
सिकिस्त घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । जिपमा चार महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ ।
जीप नवलपुरकाे बाैदीकाली गाउँपालिकाकाे माझडाँडाबाट दलदले आउँदै गरेकाे बताइन्छ । घटनाबारे थप विवरण आउन बाँकी छ











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?