
दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले म्याद गुज्रिएको मदिरा बिक्री वितरण गर्ने एक व्यापारीलाई दुई लाख जरिवाना तिराएको छ।
तनहुँ प्रशासनले व्यास नगरपालिका-३ तरकारी लाइन स्थित श्रीराम खनालद्वारा सञ्चालित भानु सप्लायर्सलाई दुई लाख जरिवाना गराएको हो।
सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (ठ) बमोजिमको अनुचित कार्य गरेकाले उक्त कसुरजन्य कार्य सोही ऐनको दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको ठहर भएकाले सोही ऐनको दफा ३९ को उदफा १ खण्ड (ख) बमोजिम जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए।
उक्त जरिवाना सोमबारका मितिले सात दिनभित्र प्रशासन कार्यालयको कोड नम्बर ३१४९२३८०१ को नाममा नेपाल बैङ्क लिमिटेड दमौली शाखामा राजश्व शीर्षक नम्बर १४३१२ मा जम्मा गर्न निर्देशन दिइएको छ ।
उक्त अवधिभित्र जरिवाना रकम नबुझाएमा सोही ऐनको दफा ३९ को उपदफा (४) बमोजिम थप कारवाही हुने तनहुँ प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?