प्रअ बरालको निधनमा शोक मनाउन भोलि ऋषिङमा सार्वजनिक बिदा

दमौली : तनहुँको ऋषिङ गाउँपालिकाले प्रधानाध्यापक बिष्णुप्रसाद बरालको निधनमा शोक मनाउन बिहीबार(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बराल रालको निधनमा शोक मनाउन बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।

कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिका भित्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक  संघ संस्थाहरुमा  बिदा दिने निर्णय गरेका हुन् ।

कास्की जिल्लाको पोखरा महानगरपालिका निवासी प्रअ बरालको ५७ बर्षको उमेरमा गत कार्तिक २७ हृदयघातका कारण निधन भएको थियो ।

विसं विसं २०६० मंसिर १० गतेदेखि उक्त विद्यालयमा प्रअ भएर काम गर्दै आएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रअ बरालको श्रीमति शारदा बराल,छोरा सन्दिप र दुई छोरी सुशीला र शर्मिला छन् ।

 

 

जनचाहना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?