तनहुँ: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव जिल्लाको सदरमुकाम दमौलीमा आंशिक रुपमा परेको छ ।तर बन्दका कारण सार्वजनिक यातायातका साधनहरु फाटफुट रुपमा मात्र चलेका छन भने केहि शैक्षिक संस्थाहरु प्रभावित छन ।
सदरमुकाम दमौलीमा बजार अधिकंमश पसलहरु बन्दा रहेका छन् । केहि छिटफुट पसलहरु भने खुलेका देखिन्छन् । देशभर बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको उपस्थिती खासै देखिएको छैन।बिहान सदरमुकाममा बन्द गराउदै हिड्ने नेत्रविक्रम चन्द समूहका १० नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?