अबैध लागुऔषध सहित बेनिटारबाट एक जना पक्राउ

दमौली :  तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट अबैध लागुऔषध सहित एक युवा पक्राउ परेको छ ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका -२ थालाजुङ् स्थायी वतन भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.२० चन्द्रनगर बस्ने बर्ष २६ को बिजय गुरुङलाई रहेका छन् ।

मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ पैदल आउदै गरेको शंका लागि शरीर खान तलासी लिदा निजले पछाडी भिरेको झोला भित्र पत्रिकामा पोको पारी लुकाई ल्याएको अवस्थामा  लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

उनीहरूको साथबाट डाईजोपाम २ मिलिको ९ एम्पुल, फेनारागन २ मिलिको ८ एम्पुल , नुर्फिन ४  एम्पुल गरी जम्मा २१ एम्पुल लागु औषध फेला बरामद गरिएको प्रहरी नायब उपरिक्षक खॉणले बताए।

उनीहरु विरुद्ध बुधवार तनहुँ अदालतबाट सात दिनकाे म्याद थप गरि अनुसन्धान कार्य भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?