जिल्ला प्रशासन तनहुँले आज शुक्रबारदेखि एमअरपी राहदानी संकलन सेवा बन्द गरेको छ।
नेपाल सरकारले मङ्सिर १ गतेदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) औपचारिक रुपमा जारी गरेको थियोे । राहदानी बिभागको समेत निर्देशनअनुसार जिल्ला प्रशासन तनहुँले इ–पासपोर्ट लागु नभएसम्मका लागि उक्त सेवा बन्द गरेको जनाएको छ ।
नेपालमा हाल मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू भइरहेको छ।सन् २०१० भन्दा अगाडि हस्तलिखित पासपोर्ट प्रयोगमा थियो । त्यसलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो विश्वका अन्य मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट नेपालले पनि नयाँ पासपोर्ट लागू गर्न लागिएको हो ।
यस विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’मा हुन्छ । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्न सक्छ ।जसले गर्दा कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ । नेपालमा हाल सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?