नेपाली कांग्रेस क्षेत्र नं १ मा श्याम मौरातिको प्यानल अगाडि

नेपालि कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको तनहुँ क्षेत्र नं १ को  निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।

सोमबार राति अबेर गरी शुरु गरिएको मतगणनाको बिहान १० बजे सम्म गणना गरिएको मत परिणाममा  ७०० मतमा क्षेत्रीय सभापतिमा श्याम मौरातिले ३६७ मत सहित अग्रता लिएका छन् भने अर्का सभापति बिश्व बस्तोलाले २९७ मत प्राप्त गरेका छन् ।

क्षेत्रीय कार्यसमिति अन्तर्गत उम्मेदवारहरु सचिवमा  दयनिधी नरालको ३५२, राजु बनियाको  ३४४ मतका साथ अगाडि देखिन्छ । अर्को उम्मेदवार चुडामणिा दहालले २८३ र तारानरेश पौडेलले २६३  प्राप्त गरेका छन् ।सह-सचीवमा   युवराज आलेको मत ३५५ रहेको छ भने  शैलेस खातीको ३२९ मत सहित अग्रता लिईरहेका छन ।त्यस्तै   रबिन पौडेल २८९ मत र  अर्जुन अधिकारी २७३ मत प्राप्त गरेका छन।                                                                             महाधिवेशन प्रतिनिधि अन्तर्गत खास आर्य खुल्ला तर्फ शन्तिरमण वाग्लेले ५६२ र  राम बहादुर बनियाले ४६७ बिजय  मत प्राप्त गरेका छन। त्यस्तै आदिबासी जनजाति खुल्लामा अशोक कुमार श्रेष्ठले ४६७ मत प्राप्त गरे भने टेक बहादुर गुरुङले ४३६ मत र पुर्ण गुरुङले ४२१ मत सहित बिजय हासिल गरेका छन् ।                                                                                          आदिवासी जनजाति महिला प्रतिनिधिमा सरिता गुरुङले ५४० मत रहेको छ भने आशा थापाले ४०३ मत प्राप्त गरि बिजय रहे ।           त्यसैगरी दलित खुल्ला तर्फ डोबटे बि.क ले ५७३ मत सहित बिजय भएको छ भने दलित महिलाबाट ४८८ मत सहित बिजय रहे।         मुस्लिम/अपाङ्ग र अल्पसंख्यक प्रतिनिधिमा खर सिं दरैले ५०९ बिजय  मत प्राप्त गरे ।भने मत गणनाको अन्तिम परिणाम आउने बांकी रेहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?