तनहुँ : नेपाली काँग्रेस तनहुँको जिल्ला अधिबेशन आगामी मंसिर १० गते नजिकिदै छ । अधिबेशनमा जिल्ला सचिव पदको लागि प्रभावशाली युवा नेता एवं जिल्ला सदस्य मोहन गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।
उनले १४औ महाधिवेशनमा पार्टीको जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनि अग्रज नेता गणको सम्मान र पार्टी भित्र तमाम युवाहरुको आवाजलाई सम्बोधन गर्दै युवाहरुलाई पार्टीमा आकर्षण गराउनको लागि आफ्नो उम्मेदवारी रहने बताएका छन् । साथै त्याग,बलिदान,निष्ठा, इमान्दारीता र मूल्य मान्यताको राजनीति स्थापित गर्दै गाउँ- गाउँमा पार्टीको संगठनलाई मजबुत बनाउने आफ्नो मुख्य उद्वेश्य रहेको बताएका छन् ।
नेपाली काँग्रेसको जिल्ला सदस्य एवं बिद्यार्थी विभागका प्रमुख समेत रहेका उनको निकै लामो राजनीति यात्रामा २०५२ सालमा जय दुर्गा मा.बि. मा ने.बि संघको इकाई अध्यक्षको जिम्मेवारी समालेका उनले त्यस पछिको निरन्तर राजनितिमा निकै सकृय रहँदै २०५६ सालमा अदिकाबी भानुभक्त क्याम्पसको स्व.बि.यु मा सदस्यमा निर्बाचित भएका थिए । सक्षम एवं जुझारु युवा गिरीले २०६१ सालमा अदिकाबी भानुभक्त क्याम्पसको ने.बि. सघंको कार्यबाहक अध्यक्ष समेत समाल्ने अवसर मिलेको थियो । त्यसको १ वर्ष पछि २०६२ सालको स्व.बि.यु को सभापतिमा निर्बाचित भए । २०६७ सालमा उनले राजनितिमा छलंग मार्दै नेपाली काँग्रेसको क्षेत्रीय सचिवमा निर्बाचित भए । त्यस पछि २०७२ देखि हाल नेपाली काँग्रेसको जिल्ला सदस्य एवं बिद्यार्थी बिभाग प्रमुखका रुपमा रहेका छन् ।
निष्ठा, इमान्दारीता र मूल्य मान्यताको राजनीति गर्ने उनि पार्टी भित्र निकै प्रभावशाली एवं आशा लाग्दा युवा नेताको रुपमा हेर्ने गरेका छन् । साथै विभिन्न सामाजिक कार्यमा सधैँ सकृयताका साथ लागि पर्ने उनको प्रशंसक पनि उत्तिकै रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?