दमौलीः नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनको दुई पक्ष बीच महा भिडन्त हुने पक्का भएको छ। अधिवेशनको पूर्वसन्धयामा केन्द्रमा संस्थापन पक्ष र गैर संस्थापन पक्ष निकट मानिने समूहले आ-आफ्नो प्यानल बनाई उम्मेदवारको टुंगो लगाएका छन् ।
गैर संस्थापन पक्षबाट वर्तमान पार्टी सभापति वैकुण्ठ न्यौपाने नेतृत्वको टिम बनेको छ ।न्यौपानेले फेरि एक पटक पार्टी सभापतिमा दोहोर्याउने गरि टिम बनाएको छ। उनको टिमको उप सभापतिमा उदयराज गौली र किसान गुरुङले चुनाव लड्ने भएका छन् ।
त्यस्तै सचिवमा भने मोहन गिरी र केशबहादुर सुनारले चुनाव लड्ने भएका छन् ।सह सचिवमा मिलन आले र घिरेश खनालले टिकट पक्का गरेका छन् ।
संस्थापननिकट समूहले हालका कार्यवाहक जिल्ला सभापति जीतप्रकाश आलेको नेतृत्वमा प्यानल घोषणा गरिसकेको छ ।
उप सभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ अगाडि सरेको छ भने सचिवमा सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल चुनाव लड्ने छ्न ।
त्यस्तै सह सचिवमा हुतमणि अधिकारी र परमेश्वर भट्टराईले टिकट पाएका छन् ।
थप उम्मेदवारहरुको टुंगो लाग्न बांकी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?