नेपाली कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित भएका छन् ।
आज सार्वजनिक मतपरिणाम अनुसार ९ सय ५१ मत प्राप्त गर्दै आलेले सभापतिमा निर्वाचित भएका हुन् । उनको प्रतिद्धन्द्धी वैकुण्ठनाथ न्यौपानेले ७ सय ८३ मत प्राप्त गरे । कुल १ हजार ७ सय ८२ मत रहेको थियो ।
उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ निर्वाचित भएका छन् । मतपरिणाम अनुसार राजेन्द्रकृष्णले ९ सय ७ र देवकुमारले ९ सय ७ ८ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै सचिवमा सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल निर्वाचित भएका छन् । सचिवमा अधिकारीले ८ सय १२ र खानाले हजार सय २० मत प्राप्त गरी विजयी भएका छन् ।
सहसचिव पदमा भने मिलन आले ९ सय २० मत र परमेश्वर भट्टराईले ८ सय ५९ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यसैगरी अन्य सदस्य पदहरुमा सर्व सम्मत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?