दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले निशुल्क मृगौला परिक्षण गराउने भएको छ । देशमा दिनप्रतिदिन मृगौलाका विरामी बढेसँगै गाउँपालिकाले मृगौला परिक्षण गराउने लागेको हो ।
सुर्य नेपाल प्रा. लि . र हेल्थ कियर फाउन्टेसन नेपालको संयुक्त साझेदारीमा कार्यक्रम हुन लागेको गाउँपालिका प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए । उक्त कार्यक्रम माघ १६ गते देखि २१ गते सम्म संचालन हुने प्रशासकीय अधिकृत अधिकारीले बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?