दमौली : यातायात व्यवस्था कार्यालय विमलनगरवाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेको छ ।बुधवार बन्दीपुर गाउँपालिका–४ बिमल नगरस्थित यातायात व्यवस्था कार्यालय तनहुँवाट मोटरसाइकलको प्रयोगात्मक परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ गरेको हो ।
भानु नगरपालिका–४ बस्ने ३५ वर्षीय सुरेश थापा मगरको नाममा परीक्षा दिने सोही ठाउँका ३० वर्षीय पूर्ण थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
किर्ते सही छाप गरी प्रयोगात्मक परीक्षामा सहभागी भएको अवस्थामा भेटिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक खाणले बताए।
किर्ते कसुरमा तनहुँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?