एमाले महाधिवेशन : मतदान सकियो, अब गणना केही समयपछि हुने

चितवनको सौराहमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान केहीबेर अघि सकिएको हो । चुनावमा दुई हजार ७९ मत खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ । एमाले नेता योगेश भट्टराईले मतदान सकिएको साढे एक दुई घण्टाभित्रमा मतपरिणाम आउने जानकारी दिए ।

पार्टीको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावल उम्मेदवार छ भने उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ । महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?