म्याग्देमा निशुल्क मिर्गौला परिक्षण स्वास्थ्य शिविर शुरु

दमौली : तनहुँको म्याग्दे गाँउपालिकाले निशुल्क मिर्गौला परिक्षण स्वाथ्य शिविर शुरु गरेको छ ।  ‘स्वास्थ्य मिगौला,समृद्ध म्याग्दे गाँउपालिका’  भन्ने मुल नाराका साथ पालिकाले मंगलवार देखि निशुल्क मिर्गौला परिक्षण स्वाथ्य शिविर शुरु गरेको हो ।

मिर्गोला वचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गोला केन्द्र काठमाण्डौको प्राविधिक सहयोग तथा सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा शुरु गरिएको स्वास्थ्य शिविर कार्यक्रम पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक कार्यक्रमका वीचमा शुभारम्भ गरे ।

कार्यक्रमको शुभारम्भ गर्दे गाँउपालिकाका अध्यक्ष श्रेष्ठले पालिका भित्रका जनतालाई स्वास्थ्य वनाउनका लागि कसरी अभिभावकीय वन्न सकिन्छ भन्ने सोचका साथ पालिकाले निशुल्क रुपमा मिर्गौला परिक्षणको कार्यक्रम ल्याईएको वताए ।

त्यस्तैगरी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरले हेर्दा आम जनतालाई समान्य लागेता पनि यो जनताप्रतिको जवाफदेहिता रहेको वताए । कार्यक्रममा सुर्य नेपालका मानव संशाधन विभागका प्रमुख अन्जन दवाडीले कम्पनिको समाजिक उत्तरदायित्व अन्तरगत रहेर सकेको सहयोग गरेको वताए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पालिका आम जनताको स्वास्थ्य सँग अत्यन्तै सम्वेदनशील भएको हुदाँ यसअघि पनि आम जनताको स्वास्थ्य सँग जोडिएर विभिन्न शिविर गरिसकेको र अव आउने फागुनको पहिलो हप्ता पाठेघरको क्यान्सर परिक्षणको शिविर समेत गरिने वताए ।

माघ १६ गते देखि २३ गते सम्म संचालन हुने निशुल्क मिर्गोला परिक्षण स्वास्थ्य शिविरमा सहभागी रहेर स्वास्थ्य परिक्षण गराउन समेत पालिकाले अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?