नेपाली कांग्रेस गण्डकी प्रदेशको  सहमहामन्त्रीमा आलेले उम्मेदवारी दिने

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँमा पनि  मंसिर ११ गते जिल्ला अधिबेशन समपन्न भयो । अधिबेशन समपन्न हुंदै गर्दा संस्थापन पक्ष र गैर संस्थापन पक्षको निकै प्रतिस्पर्धा भए ।

वडा ,नगर प्रदेश सभा, क्षेत्र हुँदै जिल्ला सम्मको अधिबेशन समपन्न भईसकेको छ । जसमा नतिजा भने मिश्रति रह्यो ।  तर जिल्लामा भने संस्थापन पक्ष हाबी देखिए ।

अब प्रदेश अधिबेशन र केन्द्रिय अधिबेशन  मात्रा हुन बाँकी रहेको छ।  जसमा प्रदेश अधिबेशन भने  केहि दिन  पछि हुँदैछ। गण्डकी प्रदेशको अधिबेशन अन्तर्गत  सहमहामन्त्रीमा तनहुँका झुलबहादुर आलेले उम्मेदवारी  दिने भएका छन् । प्रदेश अधिबेशन यहि १८  देखि १९  गते सम्पन हुँदैछ ।

संस्थापन पक्षको निकट रहेका आले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिने  भएका छन् ।उनि तनहुँका लोकप्रिय नेता तथा संविधानसभा सदस्य समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?