दमौली : नेपाली कांग्रेस तनहुँ २ प्रदेश सभा २को रक्तदान कार्यक्रम बाट ३० पिन्ट रगत संकलन गरेको छ। तनहुँको भिमाद बजारमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरेर ३० पिन्ट रगत संकलन गरिएको हो।
कांग्रेसले संचालन गरेको शहिद सप्ताह अन्तर्गत समुदायमा कांग्रेस अभियानको अवसर रक्त्तदान कर्यक्रम आयोजना गरेको तनहुँ २ प्रदेश सभा २ का कांग्रेस सभापति इन्द्रबहादुर आलेले बताए ।
कांग्रेस तनहुँका सभापति एवम गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले बलड व्याक पहिलो रक्त्तदाता सुमन थापामरलाई हस्तान्तरण गरे । नेपाल रेडक्रस सोसाईटी तनहुँ रक्त्तसंचार केन्द्रको प्राविधिक सहयोगमा रक्त्तदान सम्पन्न भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?