बेनिटारबाट लागूऔषध सहित तीन पक्राउ

दमौली :  तनहुँ प्रहरीले लागूऔषध सहित एकै दिनमा तीन पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालयको टोलीले आँबुखैरेनी गाउँपालिकाको दुई स्थानबाट पक्राउ गरिएको हो।

आँबुखैरेनी गाउँपालिका–२ ढकालटारबाट सोही ठाउँ बस्ने वर्ष ३४ को जीवन भन्ने गिरबहादुर मगरले हरियो रङगको फेन्सी झोलामा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

उनका अनुसार  डाईजीपीए १२१ एम्पुल, फेरागन नौ एम्पुल, बुफ्रिन ९ एम्पुल गरी तीन सय ७० एम्पुलका साथै निट्रेभेट १० लेखिएको २० पत्तामा तीन सय ट्याप्टेल फेला परेको जनाएको छ ।

यसैगरी आँबुखैरेनी–३ पानीघट्टाबाट सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने वर्ष २५ को भरत भन्ने ओमबहादुर मगर र सोही ठाउँ बस्ने वर्ष १९ को रितेश थापा मगरलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक खाणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?