दमौली :नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनबाट नवनिर्वाचित सभापति जितप्रकाश आलेले एकतावद्व र सबल काङ्ग्रेस निर्माणको अभियानमा सरिक हुन पार्टीका सबै कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
मङ्गलबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक पार्टीमा आवधिक निर्वाचन मार्फत् नेतृत्व चयन हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा आत्मसात गर्नुपर्ने बुझाई भएको भन्दै यस अभियानमा उपविजेताको रुपमा रहनुभएका साथीहरुले पार्टीमा पु¥याएको योगदानलाई तनहुँ काङ्ग्रेसले आगामी दिनमा उचित मूल्याङ्कन गरी एकताबद्ध र सबल काङ्ग्रेस निर्माणको अभियान चलाउने प्रतिबद्धता रहेको ब्यक्त गरेको छ ।
साथै अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने निवर्तमान सभापति वैकुण्ठ न्यौपाने लगायतका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु, निर्वाचन अधिकृत ,मतदान केन्द्र,मतगणनामा खटिने सुरक्षाकर्मी, पत्रकार मित्र लगायत क्षेत्रीय प्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?