घिरिङ गाउँपालिकाले माघ २७ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने

दमौली : तनहुँको घिरिङ गाउँपालिकाले यही माघ २७ गते शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ।

घिरिङ गाउँपालिकाको वडा नम्बर ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले जानकारी दिए ।

विपन्न असहाय र वृद्धवृद्धाहरूलाई यस शिविरबाट गाउँमा नै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर गर्न लागिएको पालिकाका अध्यक्ष थापाले बताए ।

स्वास्थ्य शिविरमा वरिष्ठ फिजिसियनबाट सामान्य उपचार ,स्त्री तथा प्रसुति रोग विशेषज्ञबाट उपचार , भिडियो एक्सरे , हाडजोर्नी, वालरोग, रगत, पिसबको परिक्षण , मुटुको इसिजी, भिडियो एक्सरे लगायतका सेवा निःशुल्क प्रदान गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?