जनयुद्ध दिवसको पूर्व सन्ध्यामा दमौलीमा दीप प्रज्वलन

दमौली : २९ औं जनयुद्ध दिवसको पूर्व सन्ध्यामा दमौलीमा दीप प्रज्वलन गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले दमौलीको प्रशासन चोकमा सोमबार साँझ दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कोणसभामा बोल्दै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य गगन परियारले महान् जनयुद्धबाट प्राप्त सङ्घीय लोकतान्त्रिक तथा गणतन्त्र राज्य व्यवस्थाका उपलब्धिहरूलाई संस्थागत गर्दै नयाँ ढङ्गबाट जनयुद्ध मुल्य मान्यतालाई राजनैतिक अभ्यास गर्दै गणतन्त्रलाई संस्थागत गर्न सबैको दायित्व रहेको  बताए  ।

अनेरास्ववियु क्रान्तिकारीका जिल्ला संयोजक शिव विश्वकर्माले युद्धको आडमा भएको जन आन्दोलनले मात्र आजको लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समाबेसीता, वाक स्वतन्त्रता जस्ता परिवर्तन संभव भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?