दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले रिक्त रहेको जिल्ला संयोजक पदमा विश्वनाथ बास्तोलालाई मनोनयन गर्न प्रस्ताव गरेको छ ।
रास्वपा तनहुँ जिल्ला कार्य समितिको विहिबार बसेको बैठकले रिक्त रहेको जिल्ला संयोजक पदमा बास्तोलालाई मनोनयन गर्न प्रदेश समिति मार्फत केन्द्रिय समितिलाई सर्बसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको रास्वपा व्यास नगर समितिका सभापति चुडामणी दाहालले जानकारी दिए ।
जिल्ला सह–संयोजक सुर्यमणी पौडेलको अध्यक्षतामा बसेको सो बैठकले रिक्त रहेको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सदस्य पदमा पदमराज न्यौपानेलाई मनोनयन गरि क्षेत्रीय समितिलाई पनि पुर्णता दिईएको बताईएको छ ।
क्षेत्रीय सभापतिमा पदम राज न्यौपाने, उपसभापति सीता बिक, सचिबमा अनिल श्रेष्ठ तथा सदस्यहरुमा बिष्णु बहादुर पन्त र शशी रुपाखेती रहेका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?