स्वास्थ्य तथा जनसंख्या मन्त्रालय:अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्नु

सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सबैमा आग्रह गरेका छन्  ।

बुधबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको संक्रमणलाई  मध्यनजर गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन सबैमा अनुरोध गरेका हुन् ।

डा. अधिकारीले यो भेरियन्ट सबै उमेरका व्यक्तिहरुलाई पनि संक्रमण हुने देखिएको  हुदाँ सबैले जनस्वास्थ्यको मापदण्ड  पूर्णरुपमा पालना गर्न समेत अनुरोध गरेको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?