तनहुँ । ‘स्वस्थ जलाधार समृद्धिको आधार’ भन्ने नाराका साथ ५२औँ भू संरक्षण दिवस आइतबार तनहुँमा वृक्षरोपण गरी मनाइएको छ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयको आयोजना, भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सहआयोजना तथा डिभिजन वन कार्यालय तनहुँको सहयोगमा व्यास नगरपालिका १ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको खानेपानी सङ्कलन क्षेत्र अमिलिभञ्ज्याङमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा खानेपानीको मुहान तथा जलाधार क्षेत्रको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न वृक्षरोपणको महत्व र भूक्षय नियन्त्रणका विषयमा जोड दिइएको थियो।
जलाधार क्षेत्रको संरक्षणसँगै खानेपानीका मुहान सुरक्षित राख्न र वातावरण संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?