अलपत्र पाटन पार्क जिम्मेवारी कसको ?

दमौली : व्यास ५, स्थित पाटनमा निर्माणाधीन पाटन पार्क अहिले अलपत्र अवस्थामा रहेको छ। २ बर्ष अघि संघीय सरकारको ३ करोड ५३ लाख रुपैयाँ लगानीमा निर्माणाधीन सो पार्कका निर्माण भएको  संरचना समेत अहिले भत्किन थालेका छन् ।ड्रयागन निर्माण सेवाले उक्त पार्क डेढ वर्षमा सक्ने गरी २०७६ वैशाखमा जिम्मा लिएको थियो । तर निर्धारित समयभित्र योजना सम्पन्न हुन नसक्दा  निर्मित संरचना संरक्षण अभावमा भत्किन थालेका हो पार्कको बीच भागमा समेत झार उम्रेर कुरुप देखिएको प्रस्टै देख्न सकिन्छ ।

सो पार्क निर्माणपछि आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएकोमा पार्क अहिले  अलपत्र परेको हो । सो पार्कमा हाल फोहोर मैला थुपार्ने डम्पिङ साइट बनेको छ । जसले गर्दा पार्क नजिकैको परासर आश्रमलाई पनि असर पुगेको देखिन्छ । पवित्र धार्मिक तीर्थस्थल व्यास र परासर आश्रमनजिकै निर्माण हुने पार्कले आन्तरिक पर्यटकलाई दमौलीमै घुम्ने वातावरण सिर्जना गर्ने विश्वास  गरिएको थियो । निर्माण समपन्न नहुदै अहिले यो अलपत्र मात्र हैन प्रदूषणको केन्द्र र जिर्ण पनि जिर्ण अवस्थामा  पगेको छ ।

माछा आकारमा बनाइएको पोखरी भत्किएको छ भने पोखरी भित्रको  पानीमा ल्याउ र पानीका बोतलले पोखरी नै कुरूप बनाएको छ। यसो हेर्दा लाग्छ पोखरी नै  डसबिन  हो जस्तो भन हुन्छ । निर्माण कम्पनि तथा  संघीय सरकार देखि स्थानीय सरकारको समान्वयन हुन नसक्दा योजना कहिले सम्पन्न होला भन्नेमै स्थानीय अलमलमा छन् ।केहि महिना अघि बर्खामा आएको सेती नदीको बाढीले नदि क्षेत्रको भागमा नराम्ररी  क्षति पु¥याएको छ भने  केही संरचना समेत भत्काएका  छन ।

व्यास र परासर ऋषिको जन्म एवं तपोभूमिमा निर्माण भइरहेको पार्कलाई पर्यटक आकर्षणको केन्द्र बनाउने लक्ष्य राखिए तापनि समयमा नै निर्माण सम्पन्न हुन नसक्नु र बनेका संरचना समेत संरक्षण अभावमा भत्किन जानु चिन्ताको बिषय बनेको छ ।यसको लागि सबन्धित निकाय वा सरोकारवालाको समयमै ध्यान पुगोस ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?