औषधि व्यवसायी संघ तनहुँको अध्यक्षमा दयाराज

दमौली : नेपाल औषधि व्यवसायी संघ तनहुँ शाखाको अध्यक्षमा दयाराज पाण्डे निर्वाचित भएका छन् ।

सोमवार भएको संघको पाँचौ अधिवेशनले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले संघको वरिष्ठ उपाध्यक्ष्मा सुन्दर बस्याल, उपाध्यक्ष थोकमा बिनोद अधिकारी, उपाध्यक्ष खुद्रामा सूर्यबहादुर थापा, महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा देवीभक्त राना, सचिवमा ऋषिकान्त गिरी र उपकोषाध्यक्षमा धर्मदत्त पौडेल छन् ।

यस्तै, कार्यसमिति सदस्यमा पदमराज श्रेष्ठ, उत्तम कुमार वैद्य र मनु थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?