दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट सोमवार लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ हुनेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका -२ घर बताउने वर्ष ३६ को सलिम धनियालाई लाई लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मुग्लिङवाट पोखरातर्फ गाईरहेको ग २ ख २९६ नं. को बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार धनियाले लुकाइछिपाई ल्याएको लागु औषध बरामद भएको हो।
उनकाे साथबाट डाइजेपाम, फेनेरागन र नुफिन गरी ८ सय ९४ एम्पुल लागु औषध बरामद भएकाे जनाएको छ।
प्रहरीले अभियुक्तलाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखेको छ। निजमाथि अनुसन्धान भइरहेको जनाइएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?