दमौली : तनहुँको व्यास नगरपालिका-१ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा गठित युवा रेडक्रस सर्कल आदिकविको आयोजना भएको रक्तदान कार्यक्रममा एक सय ४ पिन्ट रगत सङ्कलन भएको छ ।
मङ्लबार ५९ औं जुनियर युवा रेडक्रस दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा एक सय ४ पिन्ट रगत सङ्कलन भएको सर्कलका अध्यक्ष सुमन खड्काले जानकारी दिए ।
रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तसङ्कलन कार्यक्रम आयोजना गरेको सर्कलकी सचिव मौसमी थापा मगरले बताइन ।
नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य एवं जिल्ला सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले कार्यक्रमको उद्घाटन गर्दै रगतको अन्य विकल्प नभएको हुदाँ सबैमा रक्तदान गर्न अपिल गरे ।
उक्त कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो गण्डकी प्रदेश महासचिव रामदत्त पौडेल, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेरेसो गण्डकी प्रदेशका उपमहासचिव कृष्ण चन्द्र पाण्डे, नेरेसो तनहुँ उपसभापति नारायणी अधिकारी, नेरेसो तनहुँ जिल्ला जुनियर युवा समितिका संयोजक बिमल गिरी, नेरेसो तनहुँ सदस्य सुमन थापा,सहायक क्याम्पस प्रमुखद्वय डा. रामकुमार अधिकारी, सागर पौडेल,स्ववियु अध्यक्ष गौरव पन्थ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रायोजक स्ववियु आदिकवि भानुभक्त क्याम्पस र नेरेसो क्षेत्रीय रक्त संचार पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?