दमौली:व्यास नगरपालिका- १ डमौली टोल विकास संस्थाले फोहोर व्यवस्थापन गर्नका लागि डस्टबिन शनिवार वितरण गरिएको छ ।
वडालाई वातावरण संरक्षणमा नमुना बनाउन वडा भित्रको टोल विकास संस्थाहरुलाई डस्टबिन वितरण गरिएको टोल विकास संस्था अध्यक्ष पुर्ण बहादुर दरै( भक्त) ले बताए ।
टोल विकास संस्थाले आयोजित गरेको कार्यक्रममा टोल भित्रका १६ टोल विकास संस्थालाई आवश्यकताका आधारमा प्रत्येक घरलाई हुने गरि ११५ डस्टबिन वितरण गरिएको संस्थाको सचिव पदम बहादुर अधिकारीले जानकारी दिए ।
एक घर एक डस्टबिन भन्ने मूल नाराका साथ वितरण गरेको डस्टबिनको आर्थिक सहयोग व्यास नगरपालिकाले गरेकोअध्यक्ष पुर्ण जानकारी दिएका छन् ।
उक्त डस्टबिन वितरण कार्यक्रममा व्यास नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत रामचन्द्र हाड्खले , व्यास नगरपालिकाका सरसफाई शाखा प्रमुख कृष्णराज घिमिरे ,टोल विकास संस्थाका अध्यक्ष पूर्ण बहादुर दरै( भक्त), सचिव पदम बहादुर अधिकारी अन्य पदाधिकारी र टोलबासीहरुको उपस्थीत रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?