
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ६ हजार २ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जना गरी २ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २३४ जना संक्रमणमुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?