नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट पुष्टि (प्रेस विज्ञप्ति सहित )

काठमाडौं: नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा २ जनामा  ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

त्यस्तै २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस ओमिक्रोन पहिलोपटक पहिचान भएर हालसम्म ३५ भन्दा बढी देशहरूमा फैलिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?