दमौलीः राष्ट्रिय सभा सदस्य एवं कांग्रेस महाधिवेशन प्रतिनिधि प्रकाश पन्थले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा अपाङ्गतातर्फ बाट केन्द्रीय सदस्य चुनाव लड्ने दमौली अनलाइनलाई जानकारी दिएका छन् ।
पन्थले दमौली अनलाइनसँग कुरा गर्दै अपाङ्गता अधिकार प्राप्तिको अभियानमा जोड्ने र राज्यको नीतिमा समेत समावेश गर्ने कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विगत २५ वर्ष देखी निरन्तर लड्दै आइरहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुको आफ्नै कठिन भोगाइ र सिकाइहरुलाई नेपाली कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न प्रयास गरेको र बाँकी कार्य सम्पन्न गर्न आफूले उम्मेदवारी दिएको बताए ।
उनले मानवअधिकार र सामाजिक न्यायका लागि लड्दै समावेशी युवामैत्री प्रविधियुक्त ‘स्मार्ट कांग्रेस’ बनाउने भन्दै यस अभियानमा सहयोगका लागि अनुरोध समेत गरेका छन् । उनी बरिष्ट नेता रामचन्द्र पौडेल निकट मानिन्छ ।
यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको महाधिवेशन हुँदैछ भने मंसिर २५ मा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?