अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पूर्व सन्ध्यामा दिप प्रज्वलन

७३ औं  अन्तर्रास्ट्रिय मानव अधिकार दिवसको पूर्व सन्ध्यामा तनहुँको  दमौलीमा  दीप प्रज्वलन गरिएको छ। नेपाल मानव अधिकार संगठन जिल्ला शाखा आयोजनामा बिहिबार  साँझ दीप प्रज्वलन गरिएको हो ।

“जीवन मर्यादा, समानता र स्वतन्त्रको अधिकार : दिगो ,शान्ति र समृद्धिको मूल आधार” भन्ने मूल नाराको साथ मानव अधिकार दिवसको पूर्व सन्ध्यामा कार्यक्रम आयोजना गरेको नेपाल मानव अधिकार संगठन जिल्ला शाखाका सचिव जनक काप्लेले जानकारी दिए ।

उक्त कार्यक्रममा संगठन जिल्ला शाखा तनहुँका अध्यक्ष राजेन्द्रप्रसाद खनाल, शाखा तनहुँका उपाध्यक्ष सरिता थापा भण्डारी ,  सचिव जनक काप्ले , अन्य पदाधिकारी र आदिकवि भानुभक्त क्याम्पसका शहिद चन्द्रनेपाली छात्रावासका बिद्यार्थी, मानव अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?