प्रथम दमौली पाटन सांस्कृतिक महोत्सवको तयारी पुरा उद्घाटन मन्त्री किसानले गर्ने

प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटकीय महोत्सवको तयारी पूरा भएको छ । उक्त  महोत्सवको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले गर्ने कार्यक्रम तय भएको छ । महोत्सवको उद्घाटन भोली दिउसो ठिक १ बजे हुने तयारी भएको आयोजकले जनाएको छ ।

यही मंसिर २४ देखि पुस ३ गतेसम्म संचालन हुने महोत्सव स्थल झकी झकाउ पार्ने काम पनि अन्तिम चरणमा पुगेको र मादी नदीमा बाँसको पुल निर्माण गर्ने काम पुरा पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताए । उनले महोत्सव स्थल प्रवेश गर्ने मुख्य प्रवेशद्वार, स्टेज बनाउने, स्टलहरुमा कपडा राख्ने काम भइरहेको क्लबका अध्यक्ष थापाले बताएका छन् ।

अध्यक्ष थापा अनुसार  महोत्सव स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका सामग्री राख्ने १ सय ७० स्टलहरु मध्ये १३० बुकिङ भईसकेको बताए ।

बोटे जातिको संस्कृति झल्कने घर निर्माण स्थलमा व्यास र पराशरको ऐतिहासिक सामग्रीहरु समेत स्टलको रुपमा राखिने सचिवालयले  बताइएको छ ।

महोत्सव स्थल जान २ वटा बसको व्यवस्था गर्ने भनिए पनि घुमेर जानुपर्ने भएकाले पछि मादी नदीमा बाँसको अस्थायी पुल निर्माण समेत गरिएको सचिवालयले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?