चौधरी ग्रुपको वाइवाइ गुणस्तरहिन, २ लाख जरिवाना तोकियो

काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपालका एक मात्र डलर अर्बपतिको उद्योग सीजी फुड्सबाट उत्पादन भएको वाइ वाइ गुणस्रतहिन भएको भेटिएको छ । महानगरले नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनमा खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा देखिएको जनाएको छ ।

रिपोर्टअनुसार चाउचाउमा प्रयोग गरिने एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एम जी हुनुपर्नेमा चाउचाउमा १३.९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको महानगरको बजार अनुगमन समितिले जनाएको छ ।

गुणस्तर फेल भएको चाउचाउ उत्पादन गर्ने चौधरी ग्रुपलाई सानेपालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ भने ब्याच नं ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० ब्याचको चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । स्मरण रहोस यस्तै चौधरी ग्रुपको वाइवाइमा धरान महानगरपालिकामा पनि गत असोजमा २ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?