कोरोना महामारीका कारण राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ ।
आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
आइतबारको बसेको मन्त्रिपरिषदको बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?