स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई जना पक्राउ

दमौली :  जिल्ला प्रहरी कार्यालय तनहुँले सदरमुकाम दमौली बजारवाट स्रोत नखुलेको ठूलो रकम सहित दुईजनालाई पक्राउ गरेको छ ।

व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट मंगलवार साँझ  स्रोत नखुलेको करिब रु १२ लाख नगद रुपैयाँ सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ स्थायी घर भई हाल काठमाडौ चन्द्रागिरी नगरपालिका–१० बस्ने २५ वर्षीय सुसान केसी र सोही ठाउँका २० वर्षीय लक्ष्मण केसी रहेको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।

लक्ष्मण केसीले चलाएको बा ५७ प ७५०६ नं. को बुलेट मोटरसाइकल रोकी जाँच गर्ने क्रममा प्रहरीले बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले रु एक हजारको तीन सय ६५ थान र रु पाँच सयको एक हजार छ सय नोट बरामद गरेको थियो ।

उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरी नायब उपरिक्षक रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?