तनहुँ ख्रीष्टियन समाजद्वारा रक्तदान कार्यक्रम: ४२ युनिट रगत संकलन

दमौली :   तनहुँ ख्रीष्टियन समाजले १ दिने रगतदान कार्यक्रम  सम्पन्न गरेका छन् ।इसाईहरुको महान पर्व ख्रीष्टमसको अवसरमा ” रक्तदान नै जीवनदान “भन्ने मुला नाराको साथमा  १ दिने रगतदान कार्यक्रम आयोजना  गरेको तनहुँ ख्रीष्टियन समाजका अध्यक्ष के. बि. आले मगरले  जानकारी दिए ।

दमौलीको अनसन चौतारीमा आज आइतवार आयोजना गरेको  उक्त कार्यक्रममा ४२  युनिट रगत संकलन भएको सर्कलका अध्यक्ष मगरले ले बताए । कार्यक्रमको प्रमुख अतिथि  व्यास नगरपालिकाकाट नगर  प्रमुख बैकुण्ठनाथ न्यौपानेले रक्तदातलाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?