कोरोना संक्रमणका कारण पोखरामा एक पुरुषको मृत्यु पुष्टि भएको छ।
म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं -६ निवासी ७६ वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३३ पुगेको निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?