तोलामा २ सय रुपैयाँ बढ्यो सुन

काठमाडौं : मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७५५ रुपैयाँ रहेको चाँदी आज १७६५ रुपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?