अब क्यूआर कोडमार्फत तनहुँ प्रहरीमा गुनासो गर्न सकिने

दमौली, २३ वैशाख । प्रहरी सेवा प्रवाहलाई अझ छिटो, छरितो, व्यवस्थित, जवाफदेही र पारदर्शी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले क्यूआर कोड प्रणाली लागू गरेको छ।

प्रविधि मैत्री सेवा प्रणालीलाई प्रोत्साहन गर्दै नागरिकले आफ्नो उजुरी वा गुनासो क्यूआर कोड स्क्यान गरेर प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा पठाउन सक्ने सुविधा सुरु गरिएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

यस प्रणालीमार्फत नागरिकहरूले प्रहरी सेवाप्रति आफ्नो प्रतिक्रिया, सुझाव वा समस्या सहज ढंगले प्रहरी प्रशासनसम्म पुर्‍याउन सक्नेछन्। यसले नागरिक–प्रहरी सम्बन्ध अझ सुदृढ हुनुका साथै सुशासन प्रवर्द्धन हुने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?