सत्यवतीको प्रधानाध्यापकमा इन्द्र पौडेल नियुक्त

तनहुँ । व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयको प्रधानाध्यापकमा इन्द्र प्रसाद पौडेल नियुक्त भएका छन् । पौडेललाई व्यास नगरपालिकाले प्रधानाध्यापकमा नियुक्त गरेको हो । आइतबार पौडेलको पदस्थापन गर्दै विद्यालय ब्यबस्थापन समितिले बधाई समेत दिएको छ ।

यसअघि समेत सोही विद्यालयको प्रधानाध्यापक रहेका पौडेललाई नगरपालिकाले दोस्रो पटक प्रधानाध्यापकको जिम्मेवारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?