एमसीसी बारे सरकारले स्पष्ट धारण राख्नु पर्छ ; वरिष्ठ नेता पौडेल

दमौली : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बारे सरकारले स्पष्ट धारण राख्नु पर्ने बताएका छन्।

गृहजिल्ला तनहुँको दमौलीमा  संचारकर्मीहरुसंग कुरा गर्दै नेता पौडेलले विशेषगरी कांग्रेसको नेतृत्वमा रहेको सरकारले एमसीसी बारे अन्योलमा रहेका नेपाली जनतालाई स्पष्ट धारण राख्नु पर्ने बताएका हुन् ।

“म प्रधानमन्त्रीले मानेको हुनेले एमसीसी कसरी रास्ट्र घाती हुन्छ “ भन्ने प्रधानमन्त्री शेर बहादुर देउवाको प्रसंगलाई व्यङ्ग्य गर्दै नेता पौडेल भ्रमितमा रहेका नेपाली जनतालाई स्पष्ट हुने जवाफ दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?