राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ ।

बुधबार राष्ट्रिय सभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक पारित गर्नका लागि राखेको प्रस्ताव बहुमतले पारित गरेको हो।

यसअघि प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित गरेको थियो । प्रतिनिधि सभाले बहुमतले पारित गरेको विनियोजन विधेयक सुझावसहित राष्ट्रिय सभामा पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?