व्यास १३ बेनीमित्र प्राथमिक बिधालयमा शैक्षिक सामग्री बैंक सञ्चालनमा

 तनहुँ-  ब्यास नगरपालिका १३ स्थित बेनिकोटमा रहेको बेनीमित्र प्राथमिक बिधालयमा शैक्षिक सामग्री बैंक सञ्चालनमा आएकाे छ ।

साे विद्यालयका शिक्षक ईश्वर बास्तोलाले शैक्षिक बैंक सञ्चालनमा ल्याएका हुन। आर्थिक रुपले कमजोर पृष्ठभुमिका दलित तथा जनजाति समुदायको बाहुल्यता रहेको बिधालयको स्थापना २०२९ सालमा भएको थियो। याे विद्यालय शैक्षिक क्षेत्रमा ब्यास १३ कै जेठो बिधालय हो। हाल बिधालयमा ३७ जना बिद्यार्थीहरु अध्ययनरत छन।

बिधालयमा पढने बिद्यार्थीहरुलाइ शैक्षिक सामग्रीको जोहो गर्न नसक्ने बिद्यार्थीहरुको लागि आवश्यकता तथा प्राथमिकताका आधारमा यो बैंक मार्फत शैक्षिक सामग्री उपलब्ध गराउने बास्तोलाले बताए। बिद्यार्थीहरुको जन्मोत्सवको समयमा उपहार बिधालयले शैक्षिक सामग्री नै प्रदान गर्ने अभ्यासको थालनी गरेको छ। बिद्यार्थीहरुले कलम, कापी नभएकाे अवस्थामा ल्याउ भन्दा पनि नल्याउने कतिपय अभिभावकले समेत चासो नराख्ने प्रवृत्ति लाई ख्याल राखी बिद्यार्थि हरुको पठनपाठनमा समस्या नहोस भन्ने उदेश्यले शैक्षिक सामग्री बैंक संचालनमा आउदा बिद्यार्थीहरु उत्साहित छन। शैक्षिक सामग्रीको अभाव हुन नदिन बिधालयमा कार्यरत शिक्षकहरुले स्वतस्फूर्त आफ्नो क्षमता अनुसार उक्त बैंकमा आवश्यक शैक्षिक सामग्री थप गर्न सकिने शिक्षक कबिता आलेले बताइन्।

बिधालयका प्रधानाध्यापक किशोर सुनामले सम्पुर्ण बिद्यार्थीहरुलाई लक्षित गरी आवस्यक शैक्षिक सामग्री बैंक मार्फत प्रदान गरी शैक्षिक सुधारमा उदाहरणीय कार्यको सुभारम्भ हुनु महत्त्वपूर्ण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?