तनहुँका एसपी वीरन्द्रबहादुर शाहीको सरुवा, टेकबहादुर केसी आउने

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीको सरुवा भएको छ।

एसपी शाहीकाे साइबर ब्युरो अनुसन्धान शाखामा सरूवा भएकाे हाे। मंगलबार प्रहरी प्रधान कार्यालयले नौ जना एसपीको सरुवा गरेको हो। सो सूचीअनुसार शाहीकाे पनि सरूवा भएकाे हाे।

तनहुँमा प्रहरी उपरीक्षक  टेकबहादुर केसी आउने भएका छन्। स्याङ्जा घर भएका उनि नेपाल प्रहरीकाे प्रदेश कार्यालय पाेखरामा कार्यरत रहेका थिए । तनहुँको प्रहरी प्रमुखकाे रूपमा गत साउनमा शाहीले कमाण्ड सम्हालेका थिए। एक वर्ष सेवा पश्चात् उनकाे सरूवा भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?