तनहुँ ६ भाद्र- पत्रकारितामा महिलाहरूकाे अवसर र चुनाैती विषयक अन्तरक्रिया गरिएकाे छ ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाकाे आयाेजनामा नेपालीहरूकाे महान पर्व हरितालिका तिजकाे अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएको हाे ।
नेपाल पत्रकार महासंघ तनहुँकी उपाध्यक्ष सम्झना रसाईलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्ववन्धु भण्डारीले तीजले पर्वले महिला दिदिबहिनीलाई जमघट हुन् सहयाेग पुग्ने बताए ।
प्रेस सेन्टर तनहुँ अध्यक्ष अस्मिता खनालले तीज पर्वकाे विशेष महत्त्व भएपनि पछिल्लो समय विकृति समेत आउने गरेकाे बताईन् । जनजाति पत्रकार महासंघ फाेनिज केन्द्रीय सचिव मिला दरैले यस्ता कार्यक्रमले महिला सशक्तीकरणमा टेवा पुग्ने बताईन् ।
कार्यक्रमकी अध्यक्ष सम्झना रसाईलीले महिलालाई पत्रकारिता क्षेत्रमा चुनाैती रहेकाे बताएकाे कार्यक्रमकाे सहजीकरण पत्रकारमहासंघ तनहुँकी कार्यसमिति सदस्य सुनिता आचार्यले गरेकी थिईन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?